Incident Reports

माछापुच्छ्रेमा नाबालिग गर्भवती भएपछि अभिभावकले लगाए विद्यालयमा ताला

2022-08-15

Gandaki, Kaski, Machhapuchchhre

कास्कीको माछापुच्छ्रे गाउँपालिकाकी एक नाबालिग गर्भवती भएपछि उनी पढेको विद्यालयमा अभिभावकले ताला लगाएका छन्।

गर्भवती भएकी नाबालिग एसइई तयारीका लागि सोही विद्यालयमा गत फागुनदेखि वैशाखसम्म होस्टल बसेकी थिइन्। होस्टल बसाइका क्रममा सोही विद्यालयका अर्का बालकसँग यौन सम्पर्क भएर गर्भवती हुन पुगेको विद्यालयका एक अभिभावकले बताए।

कानुनअनुसार १८ वर्षमुनिका नाबालिगले सहमतिमै यौन सम्पर्क राखे पनि त्यसलाई बलात्कार मानिन्छ।

विद्यालयका एक अभिभावकका अनुसार गर्भवती भएकी नाबालिग अहिले १६ वर्ष र नाबालक १७ वर्षका छन्।

प्रहरीले ती दुवैलाई सोधपुछका लागि नियन्त्रणमा लिएको बताएको छ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments