Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2022-08-08

Lumbini, Rupandehi, Rohini, Ward 3

१३ बर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले रोहिणी गाउँपालिका–३ धकधईका ३२ बर्षीय पन्नालाल रौनियारलाई साउन २९ गते बुटवलबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितहरू पन्नालाल र १९ वर्षीय बानर भुजले साउन २३ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले साउन २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भयो । स्थानीय गाउँमा मेला हेरेर घर फर्किने क्रममा आरोपितहरू बलात्कार गरेको पीडितकी आमाले बताउनु भयो ।
गाउँमा मुस्लिमहरूको मेला लागेको र मेला हेरेर घर फर्किने क्रममा बाटोमा दुई जनाले लतार्दै लगेर बलात्कार गरेको र कसैलाई नभन्न धक्की दिएको पीडितल बताउनु भयो । उजुरीका आधारमा कारबाही प्रक्रिया अगाडि बढाएको र घटनामा सङ्लग्न अर्का आरोपितको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी रविन्द्र रेग्मीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण साउन २४ गते भीम अस्पताल, भैरहवामा गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments