Incident Reports

हत्या प्रयास घटनाका आरोपित गिरफ्तार

2022-08-15

Lumbini, Nawalparasi West, Sunwal, Ward 5

सुनवल नगरपालिका– ५, हर्दियाचापी निवासी २८ वर्षीया ममता खड्काको हत्या प्रयास गरेको आरोपमा प्रहरीले पीडितका देवर ३२ वर्षीय विशाल खड्कालाई साउन ३१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन ३० गते सम्पत्तिको विवादमा भाउजुको गर्धनमा छुरा प्रहार गरेका थिए । घाइते भएकी महिलालाईरुपन्देहीको भैरहवा स्थित सिद्धार्थ मेडिकल कलेजमा उपचार भइरहेको छ । पीडित पक्षले आरोपित विरूद्ध साउन ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकाका छन् । आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रेमबहादुर शाहीले बताउनु भयो । सम्पत्ति विवाद हुँदा छुरा प्रहार गरेको पीडितकी आमा सुशिला खड्काले बताउनु भयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments