Incident Reports

बलात्कार प्रयास घटनामा आरोपित गिरफ्तार

2022-08-15

Bagmati, Nuwakot, Meghang, Ward 2

२६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले म्यागङ गाउँपालिका–२ का २५ वर्षीय भीम तामाङ, १८ वर्षीय किस्मत तामाङ र १८ वर्षीय कमन तामाङलाई प्रहरीले साउन ३१ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितहरुले साउन २९ गते म्यागङ गाउँपालिका–३ फासाङस्थित देउराली–किम्ताङ सडकखण्डमा तीन वर्षीय छोरासहित हिँडिरहेको बेलामा सडकदेखि पाँच मिटर तल खसालेर बलात्कार प्रयास गर्नुको साथै ३ वर्षीय छोरालाई ज्यानमार्ने प्रयास गरी कुटपिट गरी फरार भएका थिए । आरोपितहरू विरुद्ध जिल्ला प्रहरी कार्यालयमा पीडित पक्षले साउन ३० गते उजुरी दर्ता भएको थियो । घाइते आमा छोराको नै टाउको लगायत शरीरको विभिन्न भागमा चोट लागेको छ । बालकको मेरुदण्डको भागमा समेत गम्भीर चोट लागेको छ । पीडित महिलाको त्रिवि शिक्षण अस्पताल र बालकको स्टार अस्पताल काठमाडौँमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रुपक खड्काले जानकारी दिनुभयो । आरोपितहरुलाई बलात्कार प्रयास तथा ज्यान मार्ने उद्योग अन्तर्गत कारबाहीको लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape Attempt
Secondary Form Assault (small group)
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 2
Female Injured 1
Youth Injured 1
INSEC

0 Comments