Incident Reports

सुर्खेतमा वन कार्यालयले नियन्त्रणमा लिएका व्यक्तिको मृत्यु, आफन्त आन्दोलित

2022-08-18

Karnali, Surkhet, Birendranagar

सुर्खेत — सुर्खेतमा वनसम्बन्धी मुद्दामा पक्राउ गरिएका व्यक्तिको मृत्यु भएपछि आफन्त आन्दोलित बनेका छन् । वीरेन्द्रनगर वन डिभिजन कार्यालयमार्फत बिहीबार पक्राउ गरिएका वीरेन्द्रनगर-१३ भूतचोकका ५८ वर्षीय धनीराम लामिछानेको वन कार्यालय पुर्‍याउनेबित्तिकै मृत्यु भएको हो । उनको मृत्यु भएपछि आफन्तले पक्राउ गर्नेहरुबाट कुटपिट भएपछि मृत्यु भएको आरोप लगाउँदै कार्यालयमा आन्दोलन गरेका छन् । आक्रोशित बनेका आफन्तले घटनाबारे सत्यतथ्य छानबिन नभएसम्म शव नबुझ्ने बताएका छन्। वीरेन्द्रनगर वन डिभिजन कार्यालयका अनुसार मदन भण्डारी राजमार्गमा पर्ने जंगलमा नम्बरिङ गरिएको रुख काटेको आरोपमा उनलाई पक्राउ गरिएको थियो ।

मृतकका भाइ रामप्रसाद लामिछानेले घर बनाउन सानो रुख काटेको आरोपमा भाउजुलाई पहिला वन कार्यालयले पक्राउ गरेको बताए । उनले भने, ‘पछि वन कार्यालयबाट मिलापत्र गर्ने कुरा गरेर घर गए, झुक्काएर दाइलाई वनका चार जना कर्मचारीहरुले लतार्दै, पिट्दै ल्याएर बाटैमा मारेको आरोप लगाए । भाइ रामप्रसादले वनका कर्मचारीले कुटपिट गरेर मारेको र पछि डोरीले झुन्ड्याएर आत्महत्या गरेको भन्ने बाहना रचेको आरोप लगाए । साथै आफन्तहरूले उक्त घटना सत्य, तथ्य छानबिन हुनुपर्ने, कर्मचारीहरुलाई कारबाही हुनुपर्ने माग राखेका छन् । डिभिजन प्रमुख मुनबहादुर रावतले श्रीमतीको जमानीमा हाजिर जमानीको कागज गराउने तरखरमा लागेको बेला लामिछानेले आत्महत्या गरेको दाबी गरे ।

लामिछानेलाई पक्राउ गर्न वीरेन्द्रनगर सब डिभिजन प्रमुख कृष्णराम धितालको आदेशमा फरेस्टर सन्तोष खत्री, वनरक्षक पियुसराज तिवारी लगायतको टोली गएको थियो। प्रदर्शनले डिभिजन वन कार्यालय वीरेन्द्रनगर, सुर्खेत कार्यालय अगाडि तनावग्रस्त बनेको छ । सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले लामिछानेको मृत्यु कर्मचारीको कुटपिटबाट नभई आत्महत्या भएको दाबी गरे । उनले भने, 'हामी शव परीक्षणसहित आवश्यक अनुसन्धान गर्दैछौं ।'

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Access/control of other natural resources (forest, minerals)
Actor 1 - Number of people N/A
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments