Incident Reports

छुरा प्रहार गरी श्रीमतीको हत्या

2022-08-26

Province 1, Jhapa, Jhapa

बिर्तामोड — जिल्लाको झापा गाउँपालिकाका एक व्यक्तिले छुरा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । शुक्रबार राति १०:१० बजेतिर झापा गाउँपालिका–६, चन्द्रबस्तीका ४० वर्षीय नाइके सरदारले ३५ वर्षीया श्रीमती तालामई हस्दाको छुरा प्रहार गरी हत्या गरेका हुन् । मादक पदार्थ सेवन गरी घर आएका नाइकेले तालामईमाथि छुरा प्रहार गरेका थिए । कोखामा छुरा प्रहार गर्दा तालामईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । छुरा प्रहार गर्ने नाइके फरार छन् ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments