Incident Reports

बिहेको प्रलोभन देखाएर दुई बालिकामाथि बलात्कार

2022-08-28

Karnali, Salyan, Kalimati

सल्यान — सल्यानमा दुई बालिका बलात्कृत भएको घटना सार्वजनिक भएको छ । कालिमाटी गाउँपालिका १ लक्ष्मीपुर घर भएका १४ वर्षीया र १७ वर्षीया दुई बालिका बलात्कृत भएको खुलासा भएको हो । दुवै बालिकाहरूमाथि विवाहको प्रलोभन देखाएर बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । लक्ष्मीपुरकी १४ वर्षीया बालिका र १७ वर्षीया बालिकामाथि कालिमाटी गाउँपालिका ४ का १९ वर्षीय छविलाल गिरी र २० वर्षीय मेघराज थापाले विवाह गर्ने लालच देखाएर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालले बताए ।

प्रहरीको अनुसन्धान अनुसार कालिमाटी गाउँपालिका १ लक्ष्मीपुरको त्रिज माविमा बालिकालाई बोलाएर जबर्जस्ती करणी गरेको खुलासा भएको प्रहरी निरीक्षक खनालले जानकारी दिए । प्रहरीका अनुसार विवाह गर्ने लालचमा बलात्कार गरेपछि दुई बालिकालाई जंगलमा छाडी दुवै जना पुरुषहरू फरार भएका थिए । पीडितका आफन्तले किटानी जाहेरीसहित जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई खोजतलास गर्ने क्रममा छविलाल गिरीलाई पक्राउ गरिएको थियो । साथै जबर्जस्ती करणी मुद्दा शिर्षकमा जिल्ला अदालत सल्यानबाट आठ दिनका लागि म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अर्का आरोपित मेघराज थापा भने फरार रहेका छन् । उनलाई पक्राउका लागि जिल्ला अदालतबाट अनुमति लिएको र उनको खोजी भइरहेको प्रहरीको भनाइ छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 2
Female Raped 2
Youth Raped 2
National/Online Media

0 Comments