Incident Reports

मल कालोबजारी गरेको भन्दै बाराको कृषि सहकारीमा शिलबन्दी

2022-08-30

Madhes, Bara, Kalaiya

१४ भदौ, वीरगञ्ज । सरकारी अनुदानको रासायनिक मल कालोबजारी गरेको आरोपमा बारामा एउटा कृषि सहकारी संस्थामा शिलबन्दी गरिएको छ । कलैया उपमहानगरपालिका–२३ भतौडा कोइरिया टोलस्थित कुश कृषि सहकारी संस्थामा शिलबन्दी गरिएको हो । किसानले दिएको उजुरीको आधारमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले शिलबन्दी गर्नुका साथै सहकारीमा राखिएको ५० किलोका २०९ बोरा र खोलिएको तीन बोरा मलसमेत बरामद गरेको छ ।

सहकारी संस्थाका अध्यक्ष कलैया उपमहानगरपालिका–२३ बस्ने अरुण कुशवाहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी होविन्द्र बोगटीले जानकारी दिए । २ हजार २५० रुपैयाँ पर्ने डीएपी मललाई सहकारीले २ हजार ८५० रुपैयाँमा बिक्री गरेको र बिलसमेत नदिएको उजुरी एक किसानले गरेका थिए । कृषि सामाग्री कम्पनीको कलैयास्थित कार्यालयबाट युरिया ७८० रुपैयाँ र डीएपी २ हजार २ सय ३० रुपैयाँमा बिक्री हुने गरेको छ । स्थानीय पालिकाले ढुवानी भाडा र प्रतिकिलो १ रुपैयाँ नाफा जोडेर तोकेको बिक्री मूल्यमा मात्रै डिलरले मल बिक्री गर्न पाउँछ । कृषि सामाग्री कम्पनी लिमिटेडको कलैया स्थित कार्यालयका प्रमुख पुरुषोत्तम सिंहले भने सहकारीले पालिकाले तोकेको दरमा मात्रै अनुदानको रासायनिक मल बिक्री गर्न पाउने बताए । उनले भने, ‘अनुदानको रासायनिक मलको स्थानीय बिक्री मूल्य निर्धारण गर्ने, नियमन गर्ने अधिकार पालिकालाई नै छ । सहकारीले पालिकाले तोकेको मूल्यमा मात्रै बिक्री गर्न पाउँछ ।’


Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Primary Form Black Marketing
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people N/A
Actor 1 - Affiliations Other private sectors
Actor 1 - Youth noyouth
Actor 2 - Number of people N/A
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments