2022-08-30
Sudurpashchim, Achham, Panchadewal Binayak
अछाम — अछामको पञ्चदेवल बिनायक नगरपालिका –२ मा पर्ने मध्यपहाडी सडक खण्डमा एक जना युवक मंगलबार राति ११ बजे मृत फेला परेका छन् । बिनायक बजारबाट नजिकै रहेको मध्यपहाडी सडक खण्डको छेउमा पञ्चदेवल बिनायक नगरपालिका २ का २५ वर्षीया बम धामीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी नारायण डाँगीले बताए । उनका अनुसार घटनास्थलमा रहेको शवको प्रकृति हेर्दा मृत्यु शंकास्पद देखिएको छ । मृतकका आफन्तले हत्या भएको भन्दै विरोधस्वरुप सडक बन्द गरेका छन् भने घटनास्थलको मुचुल्का समेत उठाउन दिएका छैनन् ।
‘स्थानीयले घटना स्थलको मुचुल्का उठाउन दिएका छैनन् । शव प्रहरीको निगरानीमा छ ’ प्रहरी प्रमुख डाँगीले भने ,‘ प्रारम्भिक अनुसन्धानले घटना शंकास्पद देखाउँछ । हिजो (मंगलबार) दिउँसो उनीसँगै बसेर मदिरा सेवन गरेका ४ जनालाई नियन्त्रणमा लिएका छौं । शव उठाउन नदिँदासम्म अनुसन्धान गर्न पनि गाह्रो हुन्छ ।’ यसअघि पञ्चदेवल बिनायक नगरपालिका ३ मा रहेको मध्यपहाडी रोकमार्गभन्दा करिब ३ सय मिटर तल १५ वर्षीय विनोद शाहीकोसमेत शव भेटिएको थियो । उनको हत्या भएको भन्दै अहिले पनि आन्दोलन भइरहेको छ । त्यसअघि पञ्चदेवल बिनायक नगरपालिका २ का तत्कालीन वडा अध्यक्ष पदम धामीको पनि सोही ठाउँमा हत्या भएको थियो ।
Violent / Non-violent | Nonviolent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Road block |
Weapons | Unclear |
Primary Cause | Issues related to legal action and access to justice |
Actor 1 - Number of people | N/A |
Actor 1 - Affiliations | Citizen/Individuals |
Actor 1 - Youth | na |
Actor 2 - Number of people | n/a |
Actor 2 - Affiliation (Target) | Government and civil servants at central level |
Actor 2 - Youth | unknown |
Total Killed | 1 |
Youth Killed | 1 |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD