Incident Reports

लमजुङमा किशोरी बलात्कारको आरोपमा युवा पक्राउ

2022-08-30

Gandaki, Lamjung, Madhya Nepal, Ward 4

लमजुङ — जिल्लामा १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । मध्यनेपाल नगरपालिका ४, दुई पिप्लेका २८ वर्षीय सागर बोटेलाई पक्राउ गरी प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ । प्रहरीका अनुसार ती किशोरी दुईपिप्ले आएको बेला बोटेले फकाई घरमा लगेर करणी गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी इन्स्पेक्टर जगदीश रेग्मीले किशोरीलाई बोटेले दुईपिप्लेस्थित आफ्नो घर लगेको र जबर्जस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएका छन् । घटना तीजको दिन भएको र थाहा पाएपछि किशोरीका अभिभावकले १५ गते बुधबार उजुरी दिएका थिए । उजुरीका आधारमा बोटेलाई बुधबार नै पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइएको थियो । किशोरीको स्वास्थ्य परीक्षण गर्नुका साथै सोधपुछ गरी परिवारको जिम्मा लगाएको प्रहरीले जनाएको छ । युवकको पनि स्वास्थ्य परीक्षण गरिएको र कारबाही प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ । जिल्ला अदालत लमजुङमा बिहीबार ७ दिन म्याद थप गरी थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ । मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments