Incident Reports

सामूहिक बलात्कारका घटनाका आरोपित गिरफ्तार

2022-09-01

Province 1, Morang, Jahada, Ward 7

३५ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले जहदा गाउँपालिका–७ का २४ वर्षीय डोमा भनिने राहुल साह र सोही ठाँउका २८ वर्षीय सञ्जय सोरेनलाई भदौ १७ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितद्वयले भदौ १६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध भदौ १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितद्वयलाई अनुसन्धानका लागि भदौ १७ गते घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक श्रेष्ठले बताउनु भयो । आरोपितद्वयले भदौ १६ गते पत्नीलाई काम छ भनि बोलाएर झुक्यानमा पारेर सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीमा उजुरी दिएको पीडितका पतिले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । पीडित महिलाको स्वास्थ्य परीक्षण कोसी अस्पतालमा भदौ १७ गते गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments