Incident Reports

सेवा यथावतको माग गर्दै कलैयामा प्रदर्शन

2022-09-07

Madhes, Bara, Kalaiya

बारा, भदौ २२ गते । मालपोत तथा नापी कार्यालय यथावत राख्न माग गर्दै तीन पालिकाका नागरिकले सदरमुकाम कलैयामा विरोध प्रदर्शन गरेका छन् । महागढीमाई नगरपालिका –९, सुवर्ण र देवताल गाउँपालिकाको सेवा सुविधाको कामकाज सिम्रौनगढ नगरपालिकाबाट सुरु गरेको विरोधमा स्थानीय नागरिकले सो प्रदर्शन गरेको बताएका छन् । महागढीमाई –९ का वडा अध्यक्ष दिलीप शुक्लाको नेतृत्वमा मालपोत कार्यालयदेखि निस्केको जुलुस कलैयामा प्लेकार्डसहित प्रदर्शन गरेको थियो । जुलुसमा पुरुषभन्दा महिलाको सङ्ख्या बढी देखिएको थियो । प्रदर्शनकारीले प्रशासन कार्यालय अगाडि बाटोमा अवरोध गरेपछि प्रदर्शनकारी र प्रहरीबीच सामान्य विवाद भएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताउनुभयो । वडा अध्यक्ष शुक्लाको अध्यक्षतामा सम्पन्न कोणसभामा नागरिक समाजका अध्यक्ष उमेशलाल दासले पायक पर्ने ठाउँमा कार्यालय राख्नुको साटो नगरपालिकामा मालपोत तथा नापी लगेको निर्णय गलत रहेको बताउनुभयो । 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people N/A
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people N/A
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments