Incident Reports

डाक्टरमाथिको झुटा मुद्दा खारेजीको माग गर्दै बर्दिवासमा प्रदर्शन

2022-08-08

Madhes, Mahottari, Bardibas

ढल्केवर(धनुषा) : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत डा. करण साहलाई नियन्त्रणमा लिन पक्राउ पुर्जी जारी भएपछि चिकित्सकहरू आन्दोलित भएका छन्।

उपचारका क्रममा बाल हिंसा गराएको आरोपमा उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय जुम्लाले मुद्दा चलाएपछि चिकित्सकहरू आन्दोलित बनेका हुन्।

बिहीबार डा. साहको बचाउमा महोत्तरीको बर्दिवासका चिकित्सकहरूले प्रदर्शन गरेका छन्। उनीमाथिको झुटा मुद्दा खारेजीको माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन्।

डा. साहलाई न्याय माग्दै विभिन्न नाराहरू लेखिएका प्लेकार्ड बोकेर चिकित्सकहरू बर्दिवास चोकको विभिन्न भागमा परिक्रमा गरेका थिए।

ड्युटीमा खटिएका डा. करण साहमाथि लगाइएको झुठा मुद्दा खारेजीको माग गर्दै आफूहरूले शान्तिपूर्ण र्‍याली निकालेर प्रदर्शन गरेको डा. श्याम कुमार महतोले बताए।

'डाक्टरमाथिको षडयन्त्र बन्द गर्नुपर्छ। चिकित्सकलाई काम गर्ने शान्तिपूर्ण वातावरणको निर्माण गरिनुपर्छ। डा. साहविरुद्धको झुठा मुद्दा खारेज गरियोस् भन्ने हाम्रो माग हो। त्यसो भएन भने आन्दोलनका थप कार्यक्रम सार्वजानिक गछौं,' प्रदर्शनमा सहभागी डा. गंगाराम खर्गाले भने।

प्रदर्शनमा बर्दिवासका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरू सहभागी थिए।

जुम्लास्थित एसिया इन्टरनेशनल मोडेल इङ्लिस स्कुलको कक्षा युकेजीमा अध्ययनरत चन्दननाथ नगरपालिका-२ जुम्ला भण्डारीवाडाका ६ वर्षीय बालक पृथकविक्रम शाहीको उपचारमा डा. साहले बाल हिंसा गरेको आरोप लगाउँदै बालकका आमा आशा हमाल शाहीले जुम्ला प्रहरीमा गत भदौ १३ गते जाहेरी दरखास्त दर्ता गरेकी थिइन्।

अदालतले उनलाई सोमबार पक्राउ गर्न पुर्जी जारी गरेको हो। डा. साह महोत्तरीको जलेश्वर नगरपालिका-५ का निवासी हुन्।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments