Incident Reports

बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकद्वारा सहयोग प्रदान

2022-09-02

१२ वर्षीया बलात्कार घटनाका पीडित बालिकालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले भदौ २९ गते न्यायीक प्रक्रियका लागि सहयोग प्रदान गरेको छ । पीडित बालिकाको पारिवारिक आर्थिक अवस्था कमजोर भएको र घटनापश्चात बालिकाको मानसिक अवस्था पनि ठिक नभएका कारण न्यायीक प्रक्रियामा जान समस्या भएकोले सहयोगका लागि सिविन नेपालले इन्सेकलाई सहयोगका लागि सिफारिस गरेपछि इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालयले आर्थिक सहयोग स्वरुप १० हजार रुपियाँ प्रदान गरेको हो । पीडित बालिकालाई भदौ १७ गते कञ्चनपुर जिल्ला लालझाडी गाउँपालिका–१ का ५२ वर्षीय रामपति डगौराले डर, धम्की दिएर बलात्कार गरेको आरोपमा पीडित परिवारले भदौ १८ गते इलाका प्रहरी कार्यालय, त्रिभुवनबस्तीमा उजुरी दिनु भएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ १८ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको थियो । घटनापश्चात बालिकाको मानसिक अवस्था नै ठिक नभएपछि सिविन नेपालले उद्धार गरी ओसीएमसीमा उपचार गरी संरक्षण गरिहेकाले पीडितलाई न्यायीक प्रक्रियामा जान आर्थिक अभाव भएपछि सहयोग गरि दिन इन्सेकलाई सिफारिस गरिएको सिविन नेपाल, कैलालीका संयोजक हरीलाल चौधरीले बताउनु भयो । आर्थिक अभावका कारण पीडित न्याय पाउनबाट कञ्चित हुन नपरोस् र पीडितको न्यायमा सहज सहजरुपमा न्यायमा पहुँच पुगोस् भन्नका लागि इन्सेकले आर्थिक सहयोग प्रदान गर्दै आएको इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले बताउनु भयो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments