Incident Reports

अनैतिक सम्बन्ध लुकाउन बुहारीको हत्या

2022-09-12

Madhes, Dhanusha, Sahidnagar, Ward 3

जनकपुरधाम : जेठाजु र बुहारी बीचको अनैतिक सम्बन्ध लुकाउन धनुषाको शहिदनगर नगरपालिका-३ यदुकूहामा एक महिलाको हत्या गरिएको छ। जेठाजु बीरेन्द्र दाससहित काका उमेश दास र सालो भरत दास मिलेर बुहारी बबिता मण्डल दासको हत्या गरेको घटना सार्वजनिक भएको हो। घटनाको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार बबिताको मण्डल थरका केटासँग मागी विवाह भएको थियो। विवाहपश्चात श्रीमान् वैदेशिक रोजगारमा गएका थिए। अर्कै केटासँगको सम्बन्धमा गर्भ रहन गएको पाइएको थियो। इलाका प्रहरी कार्यालय यदुकूहाको रोहवरमा समाजका दुवै पक्षका व्यक्तिहरू राखेर बवितालाई अरुणले राख्नुपर्ने दबाबका बीच सामाजिक मान्यताका आधारमा अरुण दाससँग विवाह भएको थियो।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसन्धान अधिकारले भने, 'विवाह भएको केही दिनमै अरुण दास वैदेशिक रोजगारीका क्रममा विदेश गए। विदेश गएपछि घरमा जेठाजुलाई खाना बनाउने खुवाउने सबै काम बविताले गर्थिन। तर पछि विस्तारै सम्बन्ध विस्तार हुँदै अनैतिक कार्य गरेको अनुसन्धानले देखाएको छ। जेठाजु बीरेन्द्र साहको आफ्नी श्रीमती भने पारिवारिक कलहका कारण माइतैमा बस्ने गर्थिन।' जेठाजु बीरेन्द्रको श्रीमती घरमा नबस्ने र बुहारी बविताको श्रीमान् अरुण दास वैदेशिक रोजगारीमा गएको हुनाले एउटै घरमा खाना पकाउने खाने लगायतका विषयमा साझा समझदारी भई अनैतिक सम्बन्ध कायम रहन गएको अनुसन्धान देखाएको छ। बीरेन्द्र दासको भनाइलाई उद्दृत गर्दै प्रहरी अधिकारीले भने, 'बीरेन्द्रको भाइ अरुणले श्रीमती राख्न नपरोस् भन्ने मनसायका साथ नै वैदेशिक रोजगारीमा गएका हुन्।' पाँच वर्ष वितिसक्दा पनि नआउनु उनको प्रमुख कारण नै श्रीमती बविता रहेको अनुसन्धानमा देखिएको छ। अरुण वैदेशिक रोजगारीबाट नआउनु उनले श्रीमतीलाई मन नपराउनु हो। भाइ घरमा नआउनु र बदनाम बुहारी घरमा बस्नु जेठाजु बीरेन्द्र दासको स्वयंम अनैतिक सम्बन्ध नपच्नु बविताको हत्याको मुख्य कारण भएको हो।'

प्रहरी अनुसन्धान अधिकृतका अनुसार सोमबार साँझ ५ बजे नै बीरेन्द्र, उमेश र शत्रुधन मिलेर घाँटी थिचि बविताको हत्या गरेका थिए। तर घटनालाई मोडनका लागि साँझ ५ बजे देखि हत्या गरेर शवलाई घरमै लुकाएर राखेको थियो। रात्रिकालीन समयको ११ बजे तीन जना मिलेर बविताको शवलाई बाँसको झाडीको लागेर फ्यालेको अभियुक्तहरूले स्वीकार गरिसकेका छन्। 'घटनालाई मोड्न पाँच बजे घाँटी थिचि हत्या गरेर ११ बजे बविताले लगाएका ब्लाउज च्यातेर फालेको र बलत्कारपछि हत्याको आशंका गर्ने बनाएर घटना मोड्न र अनुसन्धान घरभन्दा बाहिर राख्न बाँसघारीमा फालेको अभियुक्तले बयान दिइसकेका छन्।' प्रहरीलाई झुक्याउन अभियुक्तहरूले फोनको प्रयोग नगरी इमोबाट कुराकानी गरेको अनुसन्धान देखिएको छ। उनीहरूले हत्या गर्दा हातमा प्लाष्टिक लगाएर घाँटी थिचेको बयान दिएका छन्।

धनुषाका प्रहरी प्रमुख उपरीक्षक बसन्त रजौरेको कमाण्डमा खटिएको अनुसन्धान टोलीले हत्या घटनाको अभियुक्तलाई ३६ घण्टा नबित्दै पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार घटनालाई मोड्न बविता साँझ ५ बजे मेला हेर्न गएको र राति घर नफर्किएको भनी हल्ला फिजाइएको थियो। प्रहरी उपरीक्षक रजौरेले घटनाको थप अनुसन्धान बाँकी नै रहेकाले धेरै खुलाउन नमिल्ने प्रतिक्रिया दिए। उनले अनुसन्धान पूरा गरी पत्रकार सम्मेलनमार्फत नै जानकारी दिने बताए।  

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Other types of GBV
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments