Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2022-09-11

Lumbini, Rupandehi, Butwal

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १६ वर्षीय बालकलाई भदौ २९ गते घरबाटै गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले भदौ २६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ २९ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए ।

शौचालय जाने बेलामा आरोपितले नाली नजिक लगेर बलात्कार गरेको पीडितका बुवाले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।

उजुरीका आधारमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण भदौ २७ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments