Incident Reports

एमाले नेता प्याशी रिहा भएपछि आलमका परिवाद्वारा विरोध प्रदर्शन

2022-09-20

Madhes, Bara, Parwanipur

वीरगञ्ज – नेकपा एमालेका नेता महमुद आलमको हत्याको अभियोगमा जन्मकैदको सजाय पाएर जेलमा रहेका पुर्ब एमालेका नेता रामचन्द्र कुशवाहा प्याशी रिहा भएपछि आलमका परिवारले बिरोध प्रदर्शन गरेका छन्।

मँगलबार बाराको परवानीपुर बजारमा आलमका परिवारले प्याशीको रिहाईको विरोधमा प्रदर्शन गरेका हुन्। विरोध प्रदर्शनमा सहभागी भएका आलमका परिवारजन तथा एमालेका स्थानीय नेताहरुले प्याशीको रिहाई बिरोधमा बिभिन्न नाराहरु लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।

विरोध प्रदर्शनमा सहभागी भएकाहरुले के नेपालमा जन्मकैद भनेको ८.५ बर्ष मात्रै हो, पिडीतलाई न्याय खोई? दोषीलाई कारवाही गर,अराधी छोड्ने सरकार मुर्दावादलगायतका नाराहरु लगाएका थिए।

उनीहरुले प्याशीलाई छाडने निर्णय फिर्ता लिनुपर्ने मागसमेत गरेका थिए। सोमबार असोज ३ गतेका दिन संविधान दिवसको अवसरमा एमालेका नेता महमुद आलमको हत्या अभियोगमा जन्मकैदको सजाय पाएका एमालेकै नेता रहेका रामचन्द्र कुशवाहा प्याशी आममाफी पाएर रिहा भएका थिए।

२०७० सालको दोस्रो संविधान सभा चुनावको बेला बारा क्षेत्र नम्बर ६ बाट उम्मेदवारी दिएका एमालेनिकट मुश्लिम इत्तेहाद संगठनका केन्द्रीय अध्यक्षसमेत नेता महमुद आलमको असोज १८ गोली प्रहार गरीएको थियो।

बाराको परवानीपुरमा रहेको चावोसती उधोग अगाडि मोटरसाइकलमा आएका दुई जना ब्यक्तिले आलमलाई गोली हानेका थिए।

गोली प्रहारबाट घाइते भएका उनको २०७० साल असोज २४ गते काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको थियो।आलमको हत्या प्यासीकै योजनामा गरिएको उनीमाथि अभियोग लागेको थियो।

सोही अभियोगमा जिल्ला अदालत बाराले प्यासीलाई १० वर्ष जेल सजाय सुनाएको थियो।

फैसला चित नबुझेको भन्दै आलमकी पत्नि नेजमा खातुनले उच्च अदालत जनकपुर अस्थायी ईजलासमा पुनरावेदन दिएकी थिईन। प्याशीमाथि लागेको मुद्दाको सुनुवाइ गर्दै अदालतले उनलाई जन्मकैदको हुने फैसला गरेको थियो।

वीरगञ्ज कारागार कार्यालयमा कैदी जीवन बिताइरहेका प्यासी कैदमुक्त भएपछि उनका समर्थकहरुले फूलमाला लगाएर स्वागत गरेका थिए।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people N
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments