Incident Reports

भारतबाट श्रीमान् आएकै दिन श्रीमतीको हत्या, छोरी घाइते

2022-09-22

Sudurpashchim, Kailali, Dhangadhi

६ असोज, धनगढी।कैलालीमा एक महिलाको हत्या भएको छ । गौरीगंगा नगरपालिका-५ मा अन्दाजी ३२ वर्षीया ललिता नामजाली मगरको हत्या भएको प्रहरीले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) रविन्द्र पाण्डेले ललिता बिहीबार बिहान हत्या गरेको अवस्थामा शव भेटिएको बताए । ललिताकी १७ वर्षीय छोरीसमेत घाइते छन् । उनीमाथि पनि धारिलो हतियार प्रहार भएको डीएसपी पाण्डेले बताए । घाँटीमा चोट लागेकी उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । प्रारम्भिक अनुसन्धानबाट ललिताको हत्या उनका श्रीमान् शेरबहादुर नामजाली मगरले गरेको खुलेको डीएसपी पाण्डेले बताए । रोजगारीका सिलसिलामा भारतमा रहेका शेरबहादुर बुधबार मात्र घर फर्किएका थिए । घटनापछि उनी फरार भएका छन् । शेरबहादुरको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
Total Injured 1
Female Injured 1
Youth Injured 1
National/Online Media

0 Comments