Incident Reports

पत्नी कुटपिट घटनाका आरोपित गिरफ्तार

2022-09-22

Sudurpashchim, Bajura, Budhiganga, Ward 8

बुढीगंगा नगरपालिका–८ देवलसेकी २५ वर्षीया भूमीका कुमाललाई असोज ६ गते निर्धात कुटपिट गरेको आरोपमा प्रहरीले २६ वर्षीया पति गोकुल कुमाललाई असोज ७ गते गिरफ्तार गरेको छ । पीडित पक्षले फोन गरेर घटनाका बारेमा प्रहरीलाई जानकारी गराएपछि रिठा प्रहरी चौकीबाट खटिएको टोलीले आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बाजुराका इन्स्पेक्टर गिन्द्र बोगटीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पतिको कुटपिटबाट कान, कम्मर र खुट्टामा गम्भिर चोट लागर घाइते भएकी भूमीकाको बयालपाटा स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि थप उपचारका लागि धनगढी लगिएको बुढीगंगा नगरपालिकाका प्रमुख रामबहादुर बानियाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । आरोपित विरुद्ध घरेलु हिंसा ऐन अन्गर्तत मुद्दा दर्ता गरेर कानुनी कार्वाही अगाडी बढाउन पहल भइरहेको समेत नगरप्रमुख बानियाले बताउनु भयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
INSEC

0 Comments