Incident Reports

दाङमा ११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार

2022-10-11

Lumbini, Dang, Ghorahi, Ward 13

२५ असोज, दाङ । दाङमा घरमा काम गर्न राखेको बालिकामाथि यौन दुर्व्यवहार गरेको प्रहरीमा उजुरी परेको छ  । ११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको भन्दै घोराही–१३ का ऋषि पोखरेलविरुद्ध उजुरी परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख विरबहादुर वलीले बताए । प्रहरी प्रमुख वलीका अनुसार आरोपी पोखरेलले आफ्नो घरमा काम गर्न बसेकी बालिकामाथि पटक-पटक यौन दुर्व्यवहार गर्दै आएको भन्दै पीडितले जाहेरी दिएकी थिइन् । पीडितले दिएको जाहेरीका आधारमा आरोपी पोखरेलको खोजी कार्य भइरहेको जनाएको छ ।  पीडितको परिवारले भने मुद्दामा यौन दुर्व्यवहार भनिएपनि बालिकामाथि करणी नै भएको बताउँछ । पीडित परिवारका अनुसार बालिका पोखरेलको घरमा गत वैशाखदेखि काम गर्न बसेकी थिइन् । पोखरेलले बालिकालाई असार यता पटक-पटक धाक धम्की देखाएर करणी गर्दै आएको पीडित परिवारले बताएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
National/Online Media

0 Comments