Incident Reports

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

2022-10-08

Madhes, Mahottari, Pipra

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा बाणगंगा नगरपालिका– ७ का २३ वर्षीय सौगात परियार र ३२ वर्षीय मिथुन थारू विरूद्ध पीडित पक्षले असोज २४ गते इलाका प्रहरी कार्यालय पिपरामा उजुरी दिएका छन् । पीडितलाई आरोपितद्वयले असोज २० र २२ गते बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय पिपरामा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मिनबहादुर घलेले बताउनु भयो । अर्घाखाँची घर भई कपिलवस्तु मामाघरमा टिका लगाउन आएकी पीडितलाई असोज २० गते बाणगंगा नगरपालिका– २ पिपरादेखि चन्द्रौटा सम्म जाने गाडीमा चढेर गएको अवस्थामा प्रलोभन देखाएर सहचालक सौगात परियारले आफ्नै कोठामा दुई दिनसम्म राखेर बलात्कार गरेको र असोज २२ गते मिथुनले अर्घाखाँची घर सम्म पु¥याउने भन्दै मोटरसाईकलमा लगेर बाणगंगा नगरपालिका– ९ पडेरियामा बलात्कार गरेको पीडितले बताउनु भयो । बलात्कार पछि प्रतिक्षालयमा बस्न लगाएर मिथुन भागेको उजुरीमा उल्लेख गरिएको प्रहरीले जनाएको छ । पीडितको स्वास्थ्य परीक्षण असोज २३ गते कपिलवस्तु अस्पताल तौलिहवामा गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments