Incident Reports

कुटपिट घटनाका आरोपित पति गिरफ्तार

2022-10-12

Gandaki, Tanahun, Byas, Ward 12

ब्यास नगरपालिका–१२ की २५ वर्षीया विपना लामिछानेलाई कुटपिट गरेको आरोपमा प्रहरीले २९ वर्षीय पति प्रदिप लामिछानेलाई असोज २६ गते बिहान गिरफ्तार गरेको छ । घरायसी विवादको क्रममा प्रदिपले पत्नी विपनालाई कुटपिट गरेको पीडित पक्षको आरोप छ । कुटपिटबाट घाइते हुनुभएकी विपनालाई छिमेकीले उपचारको लागि जिल्ला अस्पताल लगेका थिए । टाउकोमा चोट लागेकी पीडितको उपचार दमौलीस्थित जिल्ला अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालय तनहँुका डिएसपी युवराज खड्काले बताउनु भयो । छिमेकीको मौखिक उजुरीपछि प्रदिपलाई गिरफ्तार गरिएको डिएसपी खड्काले बताउनु भयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
INSEC

0 Comments