Incident Reports

तलब नपाएपछि शिक्षक आन्दोलित

2022-10-15

Madhes, Sarlahi, Chandranagar

Madhes, Sarlahi, Haripurwa

सर्लाहीका दुई स्थानीय तहका शिक्षकहरूले तलव नपाएको भन्दै आन्दोलन थालेका छन् । मुख्य चाडपर्वका बेला पनि तलब नपाएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् । हातमा कालोपट्टी र पेन डाउन गरेका उनीहरूले आइतबारबाट पठन–पाठन ठप्प पार्ने चेतावनी दिएका छन् । सर्लाहीस्थित हरिपूर्वाका शिक्षक तलब नपाएपछि नगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपानेलाई ज्ञापनपत्र बुझाउँदै ।

हरिपुर्वा नगरपालिका र चन्द्रनगर गाउँपालिकाका शिक्षकले तलब माग गर्दै आन्दोलनमा उत्रेका हुन् । हरिपुर्वामा नगर सभाले बजेट ल्याउन नसक्दा शिक्षकले तलब पाउन सकेका छैनन् । गत साउनदेखि तलव नपाएका त्यहाँका शिक्षकले असोज २४ मानगरपालिका कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए । तर माग सुनुवाई नहुँदा आन्दोलन गर्नुपरेको शिक्षकहरू बताउँछन् । हरिपुर्वा–५ स्थित सोनफी प्राथमिक विद्यालयका शिक्षक शशी यादवले दसैंमा तलब तथा भत्ता नपाउँदा घर खर्च धान्नै गार्‍हो परेको गुनासो गरे । उनले राजनीतिक दलको स्वार्स्थका कारण आफूहरू मारमा परेको बताए । ‘चाडवाडको बेला तलब सुविधा नपाउँदा हामी शिक्षकहरूमा पठन–पाठन गराउन कुनै उत्साह छैन, घरव्यवहार धान्न पनि मुस्किल परिरहेको छ,’ शिक्षक यादवले भने, ‘बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको हो ।’

हरिपुर्वामा राजनीतिक सहमति नजुट्दा नगर सभा हुन सकेको छैन । नगर सभा नहुँदा असोज अन्तिमसम्ममा पनि बजेट आउन सकेको छैन । पालिकामा १९ जना जनप्रतिनिधिको कार्यपालिका समिति छ । जसमध्ये ९ जना कांग्रेसका, ७ जना जसपाका तथा ३ जना लोसपाका छन् । उनीहरू एकआपसमा नमिल्दा बजेट ल्याउन नसकिएको पालिकाले जनाएको छ । हरिपुर्वाका नगर प्रमुखविनोद साहले कार्यपालिकाको बैठक पटक–पटक बोलाउँदा पनि जसपा र लोसपाका जनप्रतिनिधि नआउँदा बोर्ड बैठक नै बस्न नसकेको जानकारी दिए । उनले प्रयास गरिरहे पनि सहमति जुट्न नसकेको बताए । ‘नगर सभा नहुँदा बजेट आउन सकेको छैन, जसले कर्मचारीले तलब पनि पाएका छैनन्,’ उनले भने, ‘यसको अन्य विकल्प नै छैन, नगर सभा गरेर बजेट ल्याए मात्र यो समस्या समाधान हुन्छ, अन्य दलका नेताहरूले पनि यो कुरा बुझेर सहयोग गर्नुपर्छ ।’

चन्द्रनगर गाउँपालिकाका शिक्षकहरू पनि तलब नपाएको भन्दै शुक्रबारदेखि आन्दोलनमा उत्रेका छन् । शुक्रबार बसेको शिक्षकहरूको बैठकले आन्दोलनमा जाने निर्णय गरेको हो । शिक्षकहरूले बालविकासमा कार्यरत शिक्षिकाहरूले खाईपाई आएको तलबमा पनि पालिकाले दुई हजार घटाउने भनेपछि आन्दोलनमा उत्रिनुपरेको जिल्लाको शिक्षक संघका अध्यक्ष सरोज सिंहले बताए । उनले पालिकामा विद्यालयको साँचो बुझाउने कार्यक्रम रहेको बताए । ‘तलव नै पाएका छैनौं, यसबारे पालिकाले ठोस पहल पनि गरेको छैन, बालविकास र सहयोगी कर्मचारीको खाइपाई आएको तलब पनि घटाउने भनेर जानकारी आएको छ, यी सबै कारणले हामी आन्दोलित भएका हौं,’ उनले भने, ‘आन्दोलनको स्वरूपबारे छलफल भइरहेको छ ।’ पालिकाले भने कर्मचारी अभावका कारण दसैंमा तलब खुवाउन नसकिएको जनाएको छ । आउँदो आइतबार सबै शिक्षकले तलब पाउने कार्यालयले जनाएको छ । विष्णु गाउँपालिकामा समेत नगर सभा हुन सकेको छैन, जसले बजेट पनि आउन सकेको छैन ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to policies and regulations internal to the government bureaucracy (e.g. civil servants wages, work conditions and promotions)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments