Incident Reports

नाबालिकामाथि जबरजस्ती बलात्कार गरेको आरोपमा युवक पक्राउ

2022-10-09

Province 1, Udayapur, Chaudandigadhi, Ward 9

नाबालिकामाथि बलात्कार गरेको अभियोगमा उदयपुर प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

जिल्लाको चौदण्डीगढी नगरपालिका ९ ज्यामिरे पछुवारीकी ८ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेर फरार भएका सोही ठाउँका १८ वर्षीय दर्पण चौधरी पक्राउ परेका हुन्।  

असोज २३ गते राति ७ः३० बजेको समयमा नाबालिकालाई बलात्कार गरी भागेका चौधरीलाई इलाका प्रहरी कार्यालय र मातहत प्रहरी चौकीबाट खटेको टोलीले उनलाई पक्राउ गरेको हो। प्रहरीले खोजी गर्ने क्रममा उनलाई ९ नं. वडा कार्यालयछेउमै लुकेर बसेको अवस्थामा भेटेर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।  

पक्राउ चौधरीलाई इप्रका बेलटारको हिरासतमा राखेर जिल्ला अदालतबाट ७ दिनको म्याद थपी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राकेशकुमार पोदारले बताएका छन्।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments