Incident Reports

आत्महत्या दुरूत्साहन घटनाका आरोपित गिरफ्तार

2022-10-16

Province 1, Panchthar, Miklajung, Ward 2

मिक्लाजुङ्ग गाउँपालिका–२ की १६ वर्षीया बालिका सुमित्रा शेर्पालाई आत्महत्या दुरूत्साहन दिएको आरोपमा प्रहरीले झापा, विर्तामोड नगरपालिका– १० का २८ वर्षीय सुमन राईलाई असोज २७ गते गिरफ्तार गरेको छ । पीडित बालिका र आरोपित युवकबिच सामाजिक सञ्जाल फेसबुकमार्फत चिनजान भएको र पीडित बालिकाले युवकलाई बोलचालका लागि महत्व नदिएको आरोपमा युवकले आत्महत्याका दुरूत्सहान दिएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष राईले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित बालिकाको नाममा नक्कली फेसबुक आइडी बनाएर आरोपितले चरित्रहत्या गर्न थालेपछि पीडित बालिकाका ४२ वर्षीय बाबु धनकुमार शेर्पाले आरोपितविरूद्ध असोज २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो । पीडित पक्षको उजुरीपछि पनि आरोपितले चरित्रहत्या गरेको भन्दै पीडित बालिकाले असोज २७ गते आत्महत्या गरेको थिइन् । शवको पोष्टमार्टम असोज २७ गते इलाका स्वास्थ्य चौकी रवि मिक्लाजुङ गाउँपालिका–४ मा गरिएको पीडितका बाबुले बताउनु भयो । पीडित पक्षले सोही दिन शव बुझी मिक्लाजुङ्ग गाउँपालिका–२ स्थित जङ्गलमा सद्गत गरेको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Harassment
Primary Cause Other types of GBV
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments