Incident Reports

मिर्चैयामा प्रहरी कुटपिटकाे विरोधमा चक्का जाम, दर्जनौं राउण्ड अश्रुग्यास प्रहार

2022-10-17

Madhes, Siraha, Mirchaiya

सिरहा । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैयामा स्थानीयवासीले नाराजुलुससहित चक्काजाम गरेका छन् । मिर्चैया नगरपालिका-१ रामपुर बिर्ताकी ६२ वर्षीया गुबदीदेवी साह हलुवाईको हत्या अनुसन्धानका क्रममा उनकै बुहारी जिबछीदेवी साहलाई प्रहरीले नियन्त्रणमा लिई अमानविय तरिकाले कुटपिट गरेको भन्दै विरोधस्वरुप स्थानीयले साेमबार मध्याह्ननदेखि चक्काजाम गरेका हुन्को । आक्रोशित स्थानीयले दोषी प्रहरीलाई कार्वाहीको माग गर्दै इलाका प्रहरी कार्यालय घेराउ गरी नारा लगाएका थिए । प्रहरीले चक्काजाम खोलाउन दर्जनौं राउण्ड अश्रुग्यास प्रहार गरेको छ।

सो क्रममा करिब आधादर्जन प्रहरी पनि घाइते भएका छन् । एक जना प्रहरीको टाउको फुटेकाले उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी हरि ओलीले बताए । गुबदीदेवी साह हलुईको शव १५ असोजमा कर्जन्हा नगरपालिका-११ भलुखोला छेउको उखुघारीमा भेटिएको थियो। उनको अघिल्लै दिन हत्या गरी फालिएको हुन सक्ने अनुमान छ। अघिल्लै दिन खेत रुङ्न गएकी गुबदी नफर्केपछि भोलिपल्ट बुहारी जीबछी र गुबदीकी छोरी ललिता खोज्न जाँदा खेत नजिकै उखुबारीमा शब भेटिएको हाे ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Violence against civilians
Weapons Other
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people N/A
Actor 1 - Affiliations Police
Actor 1 - Youth noyouth
Actor 2 - Number of people N/A
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth noyouth
Total Injured 6
National/Online Media

0 Comments