Incident Reports

बझाङमा ७० बर्षिया बृद्धले गरे ६ बर्षिया बालिका बलात्कार

2022-08-25

Sudurpashchim, Bajhang, Chabispathivera, Ward 2

बझाङ जिल्लाको छबिसपाथीभेरा गाउँपालिकामा ६ बर्षिया बालिका बलात्कृत भएकी छन् । छविसपाथिभेरा गाउँपालिका २ घर भएका ७० बर्षिया एक बृद्ध ब्यक्तिले ६ बर्षिया बालिकाको बलात्कार गरेको आरोप लागेको छ । छबिसथाथीभेरा – २ का ७० बर्षिय धनगिरी सार्कीले बालिकालाई आफ्नै घरमा ललाई फकाई करणीे गरेको प्रहरीले जनाएको छ । गएको भदौ ९ गते सार्कीले बालिकालाई चक्लेट, बिस्कुट दिन्छु भन्दै ३ पटक लगातार बलात्कार गरेको पिडित बालिकाको भनाई छ । बालिकाको आमा माईती घर गएको मौका छोपी सार्कीले बालिकालाई आफ्नै घरमा लिएर करणी गरेको थिए ।

बालिकाका आफ्ना आफन्त संग खेतमा खेलि रहेको बेला आरोपित सार्कीलाई देखेपछि डरले लुकेकी थिइन् । उनका आफन्तले बालिकालाई किन लुकेको भनेर सोधेपछि बालिकाले घटनावारे जानकारी गराएकी थिइन् । जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी रमेश अबस्थीका अनुसार सार्कीले अपराध स्वीकार गरेको बताउँदै प्रहरीले नियन्त्रणमा लिई सकेको र आबश्यक अनुसन्धान भईरहेको बताए ”। उनले बालिकाको स्वास्थ्य परिक्षण समेत गरि सकेको बताउँदै योनीमा चोट लागेको देखाएको बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments