Incident Reports

बलात्कारपछि हत्या प्रयासको आरोपमा किशोर पक्राउ

2022-10-29

Karnali, Salyan, Bangad Kupinde, Ward 1

जबरजस्ती करणी गरी हत्या प्रयासको आरोपमा प्रहरीले सल्यानमा एक किशोरलाई पक्राउ गरेको छ । जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका ३ बस्ने २० वर्षीय रेमन्त बुढालाई प्रहरीले पक्राउ गरेको हो । विवाह गर्ने प्रलोभन देखाई जबरजस्ती करणी गरी ज्यान मार्ने उद्योगमा पक्राउ परेका बन्गाड कुपिण्डे नगरपालिका २ का रेमन्त बुढा । बाँके जिल्लाको कोहलपुर घर भएकी वर्ष १८ की किशोरीलाई विवाह गर्ने प्रलोभन देखाएर कोहलपुरबाट ल्याएर बन्गाड कुपिण्डे नगरपालिका १ माल्पेस्थित जंगलमा लगी शनिबार राति जबरजस्ती करणी गरेर ज्यान मार्ने उद्देश्यले कुटपिटपछि बेहोस बनाई छाडेर आरोपित बुढा भागेको पीडित किशोरीको परिवारले दिएको उजुरीमा उल्लेख गरिएको छ । कुटपिटबाट किशोरी गम्भिर घाइते भएको र उनको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ ।

पीडित परिवारले प्रहरीमा जबरजस्ती करणी गरी ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएपछि प्रहरीले बुढालाई खोज्दै जाने क्रममा रात्रिबसको टिकट काटेर काठमाडौं भाग्ने तयारी गर्दै गर्दा बन्गाड कुपिण्डे नगरपालिका १ सल्लीबजारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालले बताए । जबरजस्ती करणी गरी ज्यान मार्ने उद्योगको मुद्दा शीर्षकमा जिल्ला अदालत सल्यानबाट म्याद थप गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखिएको उनले जानकारी दिए । पीडित किशोरीको अहिले नेपालगन्जमा उपचार भैरहेको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Secondary Form Murder/attempted Murder
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments