Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2022-10-30

Sudurpashchim, Kailali, Godawari, Ward 11

२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले गोदावरी नगरपालिका–११ ओलानीका २२ वर्षीय गोपाल ताम्राकारलाई कात्तिक १३ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले विवाहको प्रलोभनमा पारेर जेठ २० गते बलात्कार गरेकोले आरोपित विरुद्ध कात्तिक १३ गते ईलाका प्रहरी कार्यालय, मालाखेतीमा उजुरी दिएको पीडिताकी फुपुले इन्सेक प्रतिनिधीसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई कात्तिक १३ गते घरबाट गिरफ्तार गरी जिल्ला अदालतमा म्याद थपको तयारी भइरहेको इलाका प्रहरी कार्यालय, मालाखेतीका सई नरेद्रसिंह भण्डारीले इन्सेक प्रतिनिधीसँगको फोन सम्पर्कमा बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण कात्तिक १४ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments