Incident Reports

श्रीमतीको हत्या गरेर आत्महत्या गरेको भन्ने श्रीमान् पक्राउ

2022-10-29

ललितपुरमा एक महिलाको हत्या गरी आत्महत्या गरेको भन्ने श्रीमान पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर ललितपुरले एक जना पुरूषलाई हत्या आरोपमा पक्राउ गरेको प्रवक्ता तथा एसपी सुधिरराज शाहीले जानकारी दिए। गत शनिबार साँझ साढे ५ बजे डेरामा उनकी २८ वर्षीया श्रीमती जमुना भन्ने बसन्ती कुमाल डेरामा मृत फेला परेकी थिइन्। उनी मृत फेला परेको भन्दै रामका साथीले प्रहरीलाई खबर गरेका थिए। प्रहरी घटनास्थलमा पुग्दा रामले आफ्नी श्रीमतीले झुन्डिएर आत्महत्या गरेको भनेका थिए। तर प्रहरीलाई उक्त घटना शंकास्पद लागेर अनुसन्‍धान अघि बढाएको थियो।

‘घटनास्थलमा फरेन्सिक डाक्टरलाई पनि लगेका थियौं। डाक्टरले पनि झुन्डिएर मृत्यु नभएको बताएपछि हामीलाई थप शंका लाग्यो,’ एसपी शाहीले भने। उनका अनुसार प्रहरी घटनास्थलमा पुग्नुअघि रामले टहरामाथि सल बाँधिसकेका थिए। तर रामकै साथीले सललाई भुँइमै देखिसकेकाले पनि उनले हत्या नै गरेको पुष्टि भएको एसपी शाहीले बताए। मृतक जमुना भने भुँइमा फेला परेकी थिइन्। ‘घटना लुकाउन उनले त्यसरी राखेको देखियो। घटनास्थलमा दुई जनाबीच संघर्ष पनि भएको देखिन्छ,’ उनले भने। रामले त्यस दिन मादक पदार्थ सेवन गरेका थिए। जमुनाले मासु किन्न रामलाई पैसा दिएर पठाएका थिए। तर रामले मापसे गरी घर फर्किए। त्यही विषयमा उनीहरूबीच झगडा भएको थियो। झगडा हुँदा रामले ताल्चाको प्रयोग गरी जमुनाको टाउकोमा हिर्काएर हत्या गरेको एसपी शाहीले बताए। झुन्डिएर आत्महत्या गरेको नभई श्रीमानले नै हत्या गरेको देखिएपछि प्रहरीले कुमाललाई पक्राउ गरेको हो। उनीमाथि ललितपुर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Other
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth na
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments