Incident Reports

यौन दुव्र्यवहार घटनाका आरोपित गिरफ्तार

2022-10-21

११ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा सुर्खेत जिल्ला वीरेन्द्रनगर नपा–५ निवासी २४ वर्षीय कौशल पौडेललाई जिल्ला प्रहरी कार्यालय, सल्यानले कात्तिक १४ गते गिरफ्तार गरेको छ ।

बालिकालाई ०७९ कात्तिक ४ गते बिहान आफ्नै घरबाट जबरजस्ती तानेर घर नजिकैको जङ्गलमा यौन दुव्र्यवहार गरेको भन्दै पीडित पक्षले कात्तिक १५ गते जिल्ला प्रहरी कार्यालय, सल्यानमा करणी सम्बन्धि कसुरको जबरजस्तीकरणी उद्योग अन्तरगत उजुरी दर्ता गराएको इन्स्पेक्टर सन्तोष खनालले जानकारी दिनु भएको छ ।

ससुरालीमा पत्नीलाई छोड्न सल्यान आएको समयमा घटना भएको पीडित बालिकाका बुवाले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो । बालिकाको स्वास्थ्य परीक्षण कात्तिक १४ गते जिल्ला अस्पताल सल्यानमा भएको प्रहरीले जनाएको छ । आरोपितलाई हिरासतमा राखेर घटनाका विषयमा अनुसन्धान भइरहेको इन्स्पेक्टर खनालले बताउनुभयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments