Incident Reports

दाङमा श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

2022-11-04

Lumbini, Dang, Ghorahi, Ward 15

दाङको घोराहीमा श्रीमतीको हत्यापछि उनका श्रीमानले आत्महत्या गरेका छन् । घोराही उपमहानगरपालिका वडा नं. १३ डुमरगाउँका ३६ वर्षीय नवीन रोकाले ३७ वर्षीया निरु रोकाको हत्यापछि आफूले आत्महत्या गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजन गौतमले जानकारी दिए । बिहीबार बेलुका उच्च रक्तचापका बिरामी नवीनलाई श्रीमती निरुले घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराउन भनेर पुर्‍याएकी थिइन् । सम्बन्धित डाक्टरले शुक्रबार बिहान ८ बजेको समय उनीहरूका लागि छुट्याएका थिए । त्यसरात निरुको आग्रहमा नवीन घोराही– १५ स्थित फूपुको घरमा बसेका थिए । पाहुना पर्न गएका निरु र नवीनलाई आफन्तले एकै घरको दुई कोठा बास बस्नका लागि दिएका थिए । शुक्रबार बिहान ढोका नखुलेपछि खोलेर हेर्दा निरुको शव एउटा कोठामा र नवीनको शव अर्काे कोठामा झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेको डीएसपी गौतमले बताए । श्रीमतीको घाँटी थिचेर हत्या गरेपछि श्रीमान आफू छुट्टै कोठामा गएर आत्महत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments