Incident Reports

हत्या गरी बेपत्ता बनाएको आरोपमा माइती पक्षबाट प्रहरीमा उजुरी

2022-11-07

Karnali, Mugu, Khatyad, Ward 8

खत्याड गाँउपालिका–८ रिगागाँउकी २४ वर्षीया रमाना गिरीलाई हत्या गरी बेपत्ता बनाएको आरोपमा पीडितका पति ३० वर्षीय प्रेमलाल गिरी विरुद्ध माइती पक्षले प्रहरी चौकी सुकाढीमा कात्तिक २२ गते उजुरी दर्ता गराएका छन । माइती पक्षले प्रहरीमा दिएको उजुरी अनुसार रमानालाई कात्तिक २१ गते पति र घरपरिवार मिलेर हत्या गरी बेपत्ता बनाइएको उल्लेख गरिएको छ । बाजुरा जिल्ला वुढिनन्दा नपा–१ माइती घर भएकी गिरीले पाँच वर्ष अघि मुगुको खत्याड गाँउपालिका–८ रिगागाँउका प्रेमलाल गिरीसँग प्रेम विवाह गर्नु भएको थियो । रमाना गिरीका चार वर्षीय छोरा र तीन महिनकी छोरी छन । कात्तिक २१ गते राति आफनै घरमा हत्या गरी बेपत्ता बनाएको माइती पक्षले आरोप लगाएका छन । तीन महिनाकी छोरीलाई छोडेर बेपत्ता भएको भन्ने घटना पत्यारिलो नभएको रमानाका मामा सिंहराज गिरीले जानकारी दिनु भएको छ ।

बेपत्ता भनिएकी रमानका मामा सिंहराज गिरीका अनुसार भान्जीलाई कात्तिक २१ गते राति उनका पति र घरपरिवार मिलेर हत्या गरेका आरोप लगाउनु भएको छ । हत्याको घटनालाई घरपरिवारले बेपत्ताको नाटक गरेको आरोप रमानका मामाले लगाउनु भएको छ । कात्तिक २२ गते सुकाढिक प्रहरी चौकीमा बेपत्ता भनिएकी महिलाको माइती पक्षले महिलाको खोजी र घटनाको वास्तविक छानबिन गर्न उजुरी दिएका छन । तीन दिनसम्म महिलाको अत्तोपत्तो नलागेपछि बेपत्ता नभई हत्या भएको र उनका पतिलाई कारबाही गर्न माइती पक्षले सुकाढीक प्रहरी चौकीमा धर्ना दिएको माइती पक्षले बताउनु भएको छ ।

कात्तिक २१ गते रातीबाट बेपत्ता भएको बताएपनि रमनाको चार वर्षीय छोरा र छिमेकीले रमनालाई कात्तिक २१ गते भन्दा तीन/चार दिन अघिदेखि नै गाँउमा नदेखेको माइती पक्षले जानकारी दिनु भएको छ । रमनाको पतिले तीन/चार दिन अगाडी हत्या गरेर कात्तिक २१ गतेबाट बेपत्ता भएको नाटक गरेको आरोप माइतीले लगाएका छन । आरोपित पतिलाई कात्तिक २२ गते सुकाढिक प्रहरी चौकीले घरबाटै गिरफ्तार गरी थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय, रातापानीमा पठाएको जिल्ला प्रहरी कार्यालय, मुगुका इन्स्पेक्टर सुर्दशन पन्थीले जानकारी दिनु भएको हो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
INSEC

0 Comments