Incident Reports

विराटनगरका स्थानीय व्यापारी आन्दोलित

2022-11-28

Province 1, Morang, Biratnagar

 विराटनगरमा स्थानीय व्यापारीहरु आन्दोलित भएका छन्।​ विराटनगर महानगरपालिकाले सडक फुटपाथमा व्यापार गर्न नदिएको भन्दै स्थानीय व्यापारीहरु आन्दोलित भएका हुन्। महानगरले व्यापारी माथि दमन गर्न पाइदैन भन्दै सोमबार महानगरपालिकाको कार्यालय समेत घेराउ गरेका छन्। महानगरले फुटपाथ खाली गर्ने र सडक मापदण्ड मिचेर बनाएका हटरा हटाउने अभियान शुक्रबारदेखि सुरु गरेको छ।

महानगरले विराटनगरको मेनरोडबाट अभियानको सुरु गरेको थियो। महानगरले गत कात्तिक ३ गते बजार सौन्दर्यकरण, दुर्घटना न्यूनीकरण तथा फुटपाथ नियन्त्रणका लागि भन्दै ३५ दिने सूचना सार्वजनिक गरेको थियो। सार्वजनिक सूचना प्रकाशित गर्नुका साथै माइकिङसमेत गरेको थियो। व्यापारीले फुटपाथमा सामान राख्न नछाडेपछि महानगरले हटाउन सुरु गरेको हो।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Access/control of public land
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments