Incident Reports

अखिल क्रान्तिकारीले सुवाल इन्टरनेशनल कलेजमा ताला लगायो – Online Khabar

2022-11-29

Bagmati, Bhaktapur, Suryabinayak, Ward 1

१३ मंसिर, काठमाडौं। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन क्रान्तिकारीले भक्तपुरको सर्यूविनायकस्थित सुवाल इन्टरनेसनल कलेजमा ताला लगाएको छ ।

यूनियनले विज्ञप्ति जारी गर्दै कलेजमा तालाबन्दी सँधैका लागि बन्द गर्नको लागि ताला लगाएको हो ।

भक्तपुरको सूर्यविनायक-१ स्थित घतालेमा सुवाल इन्टरनेसनल कलेजले नियामक निकायको अनुमति र सम्बन्धन बिनै विद्यार्थी भर्ना गरी शुल्क असुलेको भेटिएपछि यूनियनले ताला लगाएको हो। कलेजले नर्सिङ, फार्मेसी र एचएमा २७० विद्यार्थी भर्ना गरेर शुल्क उठाएको पाइएको छ ।

अमेरिकी विश्वविद्यालयबाट सम्बन्धन लिएको दाबी गर्दै नर्सिङ, फार्मेसी र एचएमा करिब ३ सय विद्यार्थी भर्ना लिएको र इन्जिनियरिङ लगायतमा भर्नाका लागि सूचना आह्वान गरेको छ ।

यूनियनले हदैसम्मको शैक्षिक अपराध भएकोले छानबिन गरी पीडित विद्यार्थीहरुबाट असुलिएको शुल्क फिर्ता र ठगी गर्ने सुवाल इन्टरनेसनल कलेज नमको संस्थालाई बन्द गरी सञ्चालकहरुलाई कारबाही गर्न माग गरेको छ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments