Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2022-11-19

Karnali, Jajarkot, Junichande, Ward 11

२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले जुनिचाँदे गाउँपालिका–११ का ५६ वर्षीय सेते सार्कीलाई मङ्सिर १४ गते गिरफ्तार गरेको छ । पीडित महिलालााई आरोपितले मङ्सिर २ गते सुर्खेतको सिम्ता गाउँपालिका–२ राकममा बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध इलाका प्रहरी कार्यालय छिन्चुमा मङ्सिर ३ गते उजुरी दिएको प्रहरीले जनाएको छ । पीडित पक्षको उजुरीपछि फरार रहेका आरोपित सार्कीलाई खोजतलास गरिदिन भन्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतको पत्रपछि गोप्य सूचनाका आधारमा आरोपितलाई आरोपितकै घरमा लुकेरबसेको अवस्थामा पञ्चलादह प्रहरी चौकीको प्रहरी टोलीले गिरफ्तार गरेर अड्डासार गरी इलाका प्रहरी कार्यालय छिन्चुमा मङ्सिर १४ गते नै आरोपितलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी सन्तोष निरौलाले इन्सेक प्रतिनिधिसँग बताउनु भयो । पीडित महिलाको स्वास्थ्य परीक्षण प्रदेश अस्पताल विरेन्द्रनगर सुर्खेतमा मङ्सिर ३ गते गरिएको कुरा स्वास्थ्य जाँचको कागजातबाट खुलेको समेत प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments