Incident Reports

पत्रकार ढुङ्गानामाथि भएको दुर्व्यवहारको विरोध

2022-12-11

नेपाल पत्रकार महासङ्घ कैलाली शाखालगायत पत्रकारका सङ्गठनहरूले कैलालीका पत्रकार खेम ढुङ्गानामाथि भएको दुर्व्यवहारको विरोध गरेका छन् । महासङ्घसहित नेपाल प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर नेपालले पत्रकार ढुङ्गानामाथि लम्कीचुहा नगरपालिकाका मेयर सुशीला शाहीबाट भएको दुर्व्यवहारको विरोध गरेका हुन । समाचार सङ्कलनको विषयलाई लिएर मेयरले पत्रकार ढुङ्गानालाई होटलमा बन्धक बनाएको र सञ्चारका साधन कब्जामा लिई खिचिएको भिडियो हटाउन लगाएको नेपाल पत्रकार महासङ्घ कैलालीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

न्यूज २४ मा कार्यरत पत्रकार ढुङ्गानालाई आइतबार मेयर शाहीको निर्देशनमा होटलमा बन्धक बनाएर हातपात गरिएको नेपाल पत्रकार महासङ्घ कैलालीका अध्यक्ष हिमाल जोशीद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ । मेयर शाहीले सरकारी सवारी साधन दुरुपयोग गरेर आफ्नो घरायसी काममा प्रयोग गरेको विषयलाई समाचार बनाउन पत्रकार ढुङ्गानाले भिडियो खिच्नु भएको थियो ।

पत्रकारले समाचार बनाउन खिचेको सबै भिडियो र फोटो ‘डिलिट’ गर्न लगाउनु पत्रकारमाथि दुर्व्यवहार र अपमान मात्र नभई प्रेस स्वतन्त्रतामाथि प्रहार भएको महासङ्घले जनाएको छ । साथै, इलाका प्रहरी कार्यालय लम्कीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटेको प्रहरी टोली सम्बन्धित स्थानमा पुग्दा पनि मूकदर्शक बनेकोप्रति पनि महासङ्घले ध्यानाकर्षण भएको जनाएको छ । घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाहीका लागि महासङ्घले स्थानीय प्रशासनसँग माग गरेको छ ।

आगामी दिनमा प्रेस स्वतन्त्रता विरोधी गतिविधि हुन नदिन र पत्रकारको सुरक्षाका लागि गम्भीर बन्न स्थानीय प्रशासन लगायत सम्बद्ध निकायसँग महासङ्घले आग्रह गरेको छ । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Attack on Journalist
Weapons None
Primary Cause Freedom of Expression
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments