Incident Reports

२ जना किशोरीलाई बलात्कार गरेको आरोपमा ५ जना पक्राउ

2022-12-16

Province 1, Morang, Sundarharaicha, Ward 5

मोरङ — सुन्दरहरैँचा नगरपालिकास्थित एक सामुदायिक विद्यालयमा कक्षा ८ र ९ मा अध्ययनरत १४ वर्षीया दुई किशोरीमाथि बलात्कार गरेको आरोपमा ५ जना पक्राउ परेका छन् । उक्त घटनामा संलग्न भएको आरोपमा इलाका प्रहरी कार्यालय बेलबारीले सुन्दरहरैँचा नगरपालिका–४ का २० वर्षीय सचिन तिम्सिना, उक्त नगरपालिकाका वडा नम्बर ६ का २१ वर्षीय प्रताप तामाङ, वडा नम्बर ५ का २० वर्षीय बेन्जु चौधरी, वडा नम्बर ६ का २० वर्षीय पदम कार्की र वडा नम्बर ७ का ३२ वर्षीय विक्रम भण्डारी पक्राउ गरेका छन् ।

स्थानीय माध्यमिक विद्यालयमा अध्ययनरत दुवै जना किशोरी शुक्रबार विद्यालय गएकी तर विद्यालयमा पढाइ नभएपछि उनीहरु सुन्दरहरैँचा–५ स्थित पर्यटकीयस्थल वृन्दावन गौशाला घुम्न गएका थिए । इलाका प्रहरी बेलबारीका प्रमुख प्रहरी निरीक्षक खगेन्द्र धमलाले दुवै जना किशोरी उक्त ठाउँमा भइरहेको भलिबल प्रतियोगिता हेर्न गएकी त्यही क्रममा गौशालामा समेत घुम्न गएको अनुसन्धानबाट खुलेको बताए ।

‘गौशालामा गाँजा खाने उछृङ्खल व्यक्तिहरुको जमघट हुने गरेको सूचनाका आधारमा खटिएका प्रहरी टोलीले सबैलाई त्यहाँबाट लखेटे,’ उनले भने, ‘प्रहरी पुगेपछि गौशालाबाट भाग्ने क्रममा किशोरीहरुको विद्यालयको किताब भएको झोला छुट्यो र त्यो बेवारिसे देखेपछि प्रहरीले लिएर आयो ।’ त्यही क्रममा प्रताप, सचिन, बेन्जु र पदमले प्रहरीबाट झोला दिलाइ दिने भन्दै फकाएर सुन्दरहैँचा ३ गछियास्थित दरबार इन होटलमा दुवै जना किशोरीलाई शुक्रबार साँझ ल्याएर रातभरि राखेको अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक धमलाले बताए ।

उक्त घटनापछि दुवै जना किशोरी मानसिक रूपमा विक्षिप्त भएको परिवारजनले बताएका छन् । परिवारका सदस्यहरूले घटनाबारे जानकारी पाएपछि स्थानीय केही राजनीतिक दलका अगुवा नेताले उक्त होटलमा नै बैठक गरेर घटना ढाकछोप गरिरहेको सूचना आएपछि तत्काल चारै जना युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक धमलाले बताए । अनुसन्धानका क्रममा घटना उक्त होटलमा भएको खुलेपछि होटल सञ्चालक भण्डारीलाई समेत नियन्त्रणमा लिएर सोमबार जिल्ला अदालत मोरङबाट जबरजस्ती करणी मुद्दामा म्याद थप गरेर थप अनुसन्धान अघि बढाइएको उनले बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 2
Female Raped 2
Youth Raped 2
National/Online Media

0 Comments