Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2022-11-28

Bagmati, Sindhupalchok, Indrawati, Ward 6

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-६ का ६७ वर्षीय बोदबहादुर बि.क.लाई प्रहरीले ०७९ पुस ४ गते पोखरेबाट गिरफ्तार गरेको छ । आरोपितले स्थानीय पाखामा घास काट्न गएको बेला ०७९ मङ्सिर १२ गते यौन दुर्व्यवहार गरेको पीडितपक्षको आरोप छ । पीडितले ०७९ मङ्सिर १५ गते इलाका प्रहरी कार्यालय नवलपुरमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी शिव बुढाथोकीले बताउनुभयो । पीडितको स्वास्थ्य परीक्षण नवलपुर अस्पतालमा ०७९ मङ्सिर १५ गते भएको अस्पतालका चिकित्सक धर्मेन्द्र पाण्डेले बताउनुभयो । घटनापछि आरोपित लुकेर बसेको र प्रहरीको खोजतलास पछि गिरफ्तार भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सञ्जिवकुमार यादवले बताउनु भयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments