Incident Reports

जनमत पार्टीका कार्यक्रर्ताद्वारा पत्रकारमाथि हातपात

2022-12-22

Madhes, Saptari, Rajbiraj

राजविराजबाट प्रकाशित हुने पब्लिक प्रेस दैनिक पत्रिकाका प्रकाशक, आम नेपाली टेलिभिजनका सम्बाददाता र छिन्नमस्ता एफ.एम.का समाचार वाचक २८ वर्षीय नविन यादवमाथि ०७९ पुस ७ गते राजविराजस्थित दशन चौकमा जनमत पार्टीका कार्यकर्ता दिलिप मण्डलले हातपात गरेको पीडितले बताउनु भएको छ ।

मिथिला साहित्य कला प्रतिष्ठान (मिलाफ) नेपालले जनमत पार्टीका अध्यक्ष सिके राउतको पुतला जलाउने क्रममा भिडिओ लिइरहेका यादवमाथि हातपात गर्दै क्यामेरा समेत हुत्याएको प्रत्यक्षदर्शीले बताएका छन् । मिलाफका सचिव बिद्यानन्द बेदर्दीलाई पुतला जलाउन अवरोध गर्दै मण्डलले विवाद गर्न थालेको भिडिओ लिइरहेका बेला पत्रकार यादवलाई भिडिओ लिन रोक्दै हातपात गरेको प्रत्यक्षदर्शी पिन्टु यादवले बताउनु भयो । पत्रकार यादव र बेदर्दीको हात र घाँटीमा चोट लागेको छ ।

प्रदेश सभा सदस्यमा सप्तरी २ (२) बाट निर्वाचित हुनु अघि मनोनयनका बेला महेशप्रसाद यादवसँगै मण्डल पनि नेकपा माओवादी परित्याग गरी जनमत पार्र्टी प्रवेश गरेका हुन् । प्रतिनिधिसभाका सदस्य समेत रहेका डा. राउतले प्रतिनिधिसभा सदस्य पदको सपथका लागि संघीय संसदको सचिवालयमा दर्ता गराउनु भएको मधेसी भाषा भन्ने शब्दप्रति आपत्ति जनाउँदै बिरोधस्वरुप मिलाफले राउतको पुतला जलाएको थियो ।

पुत्ला जलाए लगत्तै सोही ठाउँमा जनमत पार्टी का कार्यकर्ताले जनमत पार्टीका सांसदहरुले पुस ७ गते लिएको शपथ ग्रहणको स्वागत गर्दै मैनबत्ती प्रज्वलन गरेका छन् ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Attack on Journalist
Weapons None
Primary Cause Other political issues
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Janamat Party
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth noyouth
Total Injured 1
INSEC

0 Comments