Incident Reports

रूपन्देहीमा नाबालिका बलात्कार अभियोगमा एक जना पक्राउ

2022-12-27

Lumbini, Rupandehi, Siddharthanagar, Ward 1

१७ वर्षीया नाबालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा रूपन्देहीमा एक जना पक्राउ परेका छन् । सिद्धार्थनगर नगरपालिका-१ बेलहियाका २४ वर्षीय सचिन थापालाई मंगलबार साँझ पक्राउ गरेको प्रहरीले जनाएको छ । सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित निर्माणाधीन होटेलको कम्पाउण्डभित्र किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको समेत प्रहरीले बताएको छ । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments