Incident Reports

आत्महत्या दुरूत्साहन घटनाका आरोपितलाई प्रहरीले गिरफ्तार नगरेको मृतक पक्षको आरोप

2022-12-19

Lumbini, Rupandehi, Siddharthanagar, Ward 1

आत्महत्या दुरूत्साहन घटनाका आरोपितलाई प्रहरीले गिरफ्तार नगरेको मृतक पक्षको आरोप लगाएका छन् । प्यूठान नपा–५ जुम्रिकाँढा पूर्णगाउँकी २२ वर्षीय लालमती खत्री क्षेत्रीलाई आत्माहत्या दुरूत्साहन गरेको भन्दै पीडित पक्षले सिद्धार्थनगर नपा–१ का ३० वर्षीय जोर्डनबिक्रम श्रेष्ठ विरूद्ध पुस ६ गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उजुरी दिएका थिए । दुई वर्षदेखि भैरहवामा लक्ष्मी बुटिक टेलरिङ सेन्टर सञ्चालन गर्दै आएकी खत्रीले पुस ४ गते आत्माहत्या गरेको भन्ने खबर पाएपछि बहिनीले आफ्नै कारणले आत्महत्या नगरेको भन्दै उनको कोठामा भेटिएका प्रमाणहरु सहित जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको मृतकका दाजु टेकराज खत्रीले बताउनु भयो । घटनाको किटानी जाहेरी दिएको भएपनि मृत्यु भएको १० दिन बितिसक्दा पनि प्रहरीले आरोपितलाई गिरफ्तार गरी अनुसन्धान नगरेकोले शव नबुझेको पीडितका दाजुले बताउनु भयो ।

छिमेकी विष्णु क्षेत्रीका अनुसार पुस ३ गते साँझसम्म आरोपित व्यक्ति लालमतीको कोठामा भएको पुस ४ गते बिहान ४ बजेतिर ढोका खोलेको आवाज आएको थियो । त्यसपछि कोठा नखुलेको तर, झ्यालबाट हेर्दा शङ्कास्पद देखिएपछि प्रहरीलाई खबर गरेका थिए । टेकराज खत्रीले प्रहरीले प्रमाण नपुगेको भन्दै आरोपित श्रेष्ठलाई गिरफ्तार नगरेको भन्दै बहिनीको कोठामा आरोपित व्यक्तिको नागरिकता र सेतो गञ्जी भेटिएको र परिवारले लालमती र श्रेष्ठकोबिच भएको फेसवुक म्यासेज च्याटको कुराकानी, उनको कोठामा कपडा लगाएर बनाएको भिडियो र सार्थक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड भैरहवामा दुबै जनाले गरेको बचत पासबुक पनि प्रहरीलाई दिएका छन् । घटनाका विषयमा जिल्ला प्रहरी कार्यालयका एसपी रविन्द्र रेग्मीकले जिल्ला अदालतमा आत्महत्या दुरूत्साहन मुद्दा दर्ता गरिए पनि अदालतले गिरफ्तार गर्ने आदेश नदिएका कारण गिरफ्तार गर्न नसकिएको बताउनु भयो । शवको पोष्टमार्टम पुस ५ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरी शव गृहमा राखिएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Harassment
Primary Cause Other types of GBV
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments