Incident Reports

घाँस काट्न गएका महिलालाई वन रक्षकले निर्घात कुटपिट गरे

2023-01-02

Madhes, Bara, Kolhabi, Ward 5

कोल्हवी नगरपालिका- ८ नयाँ बस्तीस्थित जंगलमा घाँस काट्न गएकी एक महिलालाई वन रक्षकको समूहले दुर्व्यवहार गर्दै निर्घात कुटपिट गरेपछि स्थानीहरू विरोधमा उत्रिएका छन् । आक्रोशित स्थानीयहरू र पीडित परिवारले वन रक्षकलाई कारबाही गर्नुपर्ने माग गर्दै कलैयामा जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय अगाडि सोमबार नाराबाजी गरेका छन् । कोल्हवी नगरपालिका- ८ नयाँ बस्तीकी ३० वर्षीया हर्कमाया खड्का, २८ वर्षीया हेमकुमारी श्रेष्ठ र ३३ वर्षीया सीता श्रेठमाथि कोल्हवी नगरपालिकाअन्तर्गत वडा ५ को जंगलमा आइतबार बिहान वन रक्षकहरुले निर्घात कुटपिट गर्दै दुर्व्यवहार गरेका थिए ।

सोही घटनाको विरोधमा स्थानीयहरू आन्दोलित बनेका हुन् । ‘बस्तीभन्दा २ किमी भित्रपट्टी घाँस काट्न गएका थियौं,’ पीडित महिला हर्कमायाले भनिन्, ‘वन रक्षकहरू जाइलागे । प्रतिकारमा उत्रेपछि जंगलमा किन आएकी भन्दै मरणासन्न हुने गरी कुटपिट गर्दै हिँड्नै नसकिने अवस्थामा पुर्‍याइदिए ।’ हर्कमायाका अनुसार उनलाई बचाउन आउने अरु दुई महिलामाथि पनि रक्षकहरूले दुर्व्यवहार गर्दै कुटेका थिए । ‘न्याय पाउनुपर्छ भन्दै कोल्हवी प्रहरीमा जाँदा सुनुवाइ भएन । अरुको साहारमा कलैया गए पनि वन कर्मचारी, प्रशासन र हामी पीडितबीच छलफल हुँदा घटना सामसुम गर्न खोजिएको छ,’ उनले भनिन् । डीएफओ र स्थानीय प्रशासकले भने वन रक्षकमाथि विभागीय कारबाही गर्ने जनाएका छन् । तर पीडित महिलाहरूले विभागीय कारबाही नभएर कसुरअनुसारको कानुनी कारबाही हुनुपर्ने माग गरेका छन् ।

मधुवन वन सेक्टर कार्यालयअन्तर्गत पर्ने वडा ५ को बोधवन माछागाउँको उत्तरपट्टी रहेको सेक्टर वन इकाइ कार्यालयका वन रक्षकहरुले महिलाहरुमाथि दुर्व्यवहार गर्दै जंगल किन आएको भन्दै कुटपिट र दुर्व्यवहार गरेको वडा ८ का वडाध्यक्ष अनुप सुवेदीले बताए । उनका अनुसार हर्कमायाको शरीरभर लठ्ठीले पिटेको नीलडाम छ । हेमकुमारीलाई लछारपछार गरिएको र सीतालाई गालीगलौज गरिएको उनले बताए । उनका अनुसार पाँच जनाको समूहमा रहेका वन रक्षकमध्ये ३ जना मुखमा पट्टी बाँधेर सादा पोसाकमा र २ जना बर्दीमा आएका थिए । सादा पोसाकका वन रक्षक रामतपश्या साह, प्रदीप शर्मा र ढालबहादुर कार्कीले महिलालाई कुटपिट गरेको वडाध्यक्ष सुवेदीले दाबी गरेका छन् ।

‘वन रक्षकहरु जंगलमा आए जे पनि गरिदिने भन्दै लैङगिक हिंसामा उत्रेपछि बचाउका लागि महिलाहरू प्रतिकार गर्न खोज्दा कुटपिट गरेका थिए,’ सुवेदीले भने, ‘सुरुमा एक महिलामाथि हर्कत गर्न खोज्दा गुहार मागेपछि सँगै गएका अरु दुई महिला पनि प्रतिकारमा उत्रेका थिए । त्यसपछि वन रक्षकहरु फरार भए ।’ वडाध्यक्ष सुवेदीले सोमबार छलफलमै समय बितेकाले निवेदन दर्ता गराउन नसकिएको बताए । जिल्ला वन कार्यालयका प्रमुख विनोद सिंहले भने महिलाहरू वनमा गैरकानुनी रुपमा लाथ्रा काट्न गएको बेला वन रक्षकहरुले कुटपिट गरेको स्वीकार गरे । ‘कुटपिट गरेर गल्ती गरेका छन्,’ उनले भने ‘विभागीय कारबाही गर्न सिफारिस गर्छु । महिलामाथि निर्घात कुटपिट गरिएको छ । त्यसैले कारबाही गर्छु ।’

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (large group)
Weapons None
Primary Cause Other types of GBV
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Government and civil servants at central level
Actor 1 - Youth na
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 3
Female Injured 3
National/Online Media

0 Comments