Incident Reports

बलात्कार आरोपमा भारतीय नागरिक पक्राउ

2022-12-30

Madhes, Bara, Nijgadh, Ward 9

१५ वर्षकी किशोरी बलात्कारको आरोपमा प्रहरीले बारामा एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको मुज्जफ्फरपुर घर भई बाराको निजगढ नगरपालिका–९ बस्ने ३७ वर्षका लालबाबु चौधरी पक्राउ परेका हुन् । १५ पुसको साँझ उनले स्थानीय १५ वर्षकी किशोरीलाई बलात्कार गरेको प्रहरीमा उजुरी परेको थियो । प्रहरीले लालबाबुलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतबाट अनुमति लिइसकेको छ । लालबाबुले निजगढमा डेरा लिएर कवाड खरिद बिक्रीको काम गर्दै आएका थिए । निजगढ नगरपालिका–२ का वडाध्यक्ष राजन श्रेष्ठ पनि १५ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरी हिरासतमा छन् । आइतबार राति प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका उनलाई ५ दिन हिरासतमा राख्न जिल्ला अदालतबाट अनुमति लिएको प्रहरीले जनाएको छ । वडाध्यक्ष राजनले असोज १९ गते दशैंको टिकाको दिन एक कशोरीलाई जबरजस्ती करणी गरेको आरोप छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments