Incident Reports

हस्पिटलका सञ्चालक दिवाकर यादव बलात्कार अभियोगमा पक्राउ

2022-09-06

Province 1, Morang, Biratnagar

विराटनगरको सञ्जीवनी हस्पिटल एण्ड आईभिएफ सेन्टर प्रा.ली.का सञ्चालक बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको औरावनी घर भई विराटनगरमा बस्दै आएका ३३ वर्षीय दिवाकर यादव रहेका छन् । उनलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । २७ वर्षीय नर्सलाई गत भदौ २१ गते दिउँसो विराटनगरस्थित डेरामा जबरजस्ती करणी गरी कुटपिट गरेको यादवलाई आरोप लागेको छ । ती युवतीले यादवविरुद्ध जबरजस्ती करणी गरेको भन्दै सोही समयमा मोरङ प्रहरीमा उजुरी गरेकी थिइन् । 

निवेदन दर्ता भएको चार महिनापछि आरोपीलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी टिका बहादुर कार्कीले जानकारी दिए । पक्राउ परेका यादवलाई प्रहरीले आइतबार मोरङ अदालतमा जबरजस्ती करणीमा म्याद थप गरी अनुसन्धान सुरु गरेको छ । ‘२१ भदौमा दिउँसो कोठामा बसेको थिए । विपक्षी आइ जबरजस्ती करणी गर्न खोजेपछि मैले इन्कार गर्दा मलाइ विभिन्न धाक धम्की दिई करणी गर्नुभयो । म रोई कराइ गर्दा मलाई लात्ती, घुस्सा समेतले कुटपिट गरी अचेत बनाइ हिँड्नुभयो । त्यसपछि छरछिमेकले थापा पाई हस्पिटल लगेर औषधी उपचार गरेपछि ठिक भएको थिएँ,’ ती युवतीले दिएको जाहेरीमा उल्लेख छ । प्रहरीमा जाहेरी हालेपछि यादव फरार थिए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Secondary Form Assault (small group)
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments