Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2023-01-06

Bagmati, Kathmandu, Kathmandu, Ward 2

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले झापाको भद्रपुर नगरपालिका–२ घर भई हाल काठमाडौँ महानगरपालिका–२ लाजिम्पाटमा बस्दै आएका ३८ वर्षीय राजु आले मगरलाई पुस २३ गते सोही ठाउँबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पुस २२ गते घुमाउने बहानामा ललाई फकाई यौन दुर्व्यवहार गरेको भन्दै पीडितका आफन्तले प्रहरी वृत्त दरबारमार्गमा पुस २३ गते उजुरी दिएका थिए । पीडित पक्षको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी घटनाको बारेमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी परिसर काठमाडौँको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेल कालिमाटीका इन्स्पेक्टर सपना खड्काले बताउनुभयो । पीडितको स्वास्थ्य परीक्षण पुस २३ गते थापाथली स्थित प्रसुती गृह अस्पतालमा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments