Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-01-06

Bagmati, Lalitpur, Lalitpur, Ward 28

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उदयपुर जिल्ला गाईघाट नगरपालिका–७ घरभइ ललितपुर महानगरपालिका–२८ हरिसिद्धिमा बस्ने २८ वर्षीय सुरेन्द्र बहादुर राईलाई ०७९ पुस २५ गते प्रहरीले गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ललाइ फकाइ विवाह गर्ने प्रलोभन देखाइ आरोपितको निवासमा लगी पुस २२ गते बलात्कार गरेको भन्दै पुस २५ गते पीडित पक्षले जिल्ला प्रहरी वृत्त सातदोबाटोमा उजुरी दिएको थियो । आरोपितलाई ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखि अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर जावलाखेलका प्रवक्ता एवम् एसपी प्रवीण पोखरेलले जानकारी दिनुभयो । पीडितको स्वास्थ्य परीक्षण पुस २५ गते नै पाटन अस्पताल ललितपुरमा गरिएको अस्पतालका निर्देशक तथा प्राध्यापक डाक्टर रवि शाक्यले जानकारी दिनुभयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments