Incident Reports

नवजात शिशु फालेको आरोपमा बाबु गिरफ्तार

2023-01-21

Province 1, Sunsari, Duhabi, Ward 10

तीन दिनकी नवजात शिशु (छोरी) फालेको आरोपमा प्रहरीले दुहबी नगरपालिका–१० का ३३ वर्षीय बाबु अमितलाल चौधरीलाई माघ ७ गते गिरफ्तार गरेको छ । ३० वर्षीया पत्नी विन्दा चौधरीले माघ ४ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा जन्म दिएकी शिशुलाई बाबुले फालेको प्रहरीको भनाइ छ । नवजात शिशुलाई माघ ६ गते अमितलालले बराहक्षेत्र नगरपालिका–२ को चारकोसे झाडीमा फालेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी वुद्ध श्रेष्ठले बताउनु भयो ।

नवजात शिशु जङ्गलमा फालिएको अवस्थामा देखेपछि वस्तु चराउन गएका स्थानीयले इलाका प्रहरी कार्यालय महेन्द्रनगरलाई खबर गरेका थिए । प्रहरी र जनप्रतिनिधिको टोलीले शिशुको उद्दार गरी शिशुलाई आमाको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी वुद्ध श्रेष्ठले बताउनु भयो । माघ ६ गते पतिसँगै पत्नीलाई गिरफ्तार गरेको भएपनि अनुसन्धानका क्रममा पतिको दबावले आफूले छोरी फाल्न दिएको बताएपछि शिशु जिम्मा लगाएर आमालाई छोडिएको डिएसपी श्रेष्ठले बताउनु भयो । आरोपितविरूद्ध प्रहरीले जिल्ला अदालत माघ ९ गते कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Other types of GBV
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
INSEC

0 Comments