Incident Reports

जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

2023-01-25

Karnali, Rukum West, Musikot, Ward 1

एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा पश्चिम रुकुमबाट प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । जबरजस्ती करणीको आरोपमा धादिङका २७ वर्षीय जनक श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजीव श्रेष्ठले मुसिकोट नगरपालिका १ निवासी २२ वर्षीया एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा श्रेष्ठलाई पक्राउ गरिएको बताए । युवती माघ ११ गते राति बलात्कारमा परेकी थिइन् । अभियुक्त श्रेष्ठलाई पश्चिम रुकुम जिल्ला अदालतबाट म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments