Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-01-14

Madhes, Saptari, Khadak, Ward 1

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले खडक नगरपालिका–२ दुहबी टोलका ४१ वर्षीय शनिदेव चौधरीलाई माघ १६ गते गिरफ्तार गरेको छ । पीडितकी आमाले दिएको उजुरी दर्ता गर्दै इलाका प्रहरी कार्यालय कडरबोनाले आरोपितलाई गिरफ्तार गरेको इन्स्पेक्टर बालिस्टर सिंहले बताउनु भयो । आरोपितले विभिन्न किसिमको प्रलोभन र डरत्रास देखाई पुस ३० गते बलात्कार गरेको भन्दै पीडितकी आमाले माघ १४ गते इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दिनुभएको थियो ।

बलान बिहुल गाउँपालिका–२ चन्हीस्थित श्री भगवती राष्ट्रिय प्राथमिक विद्यालयको दक्षिण रहेको बाँसझारीमा आरोपितले विवाह गर्छु भनि झुठ्ठा आश्वासन दिई बलात्कार गरेको पीडितले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा माघ १५ गते भएको अस्पतालले जानकारी दिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments